+

नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता

२०७८ असार  ११ गते १६:१५ २०७८ असार ११ गते १६:१५
नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता

११ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) र केल्मीबीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरुले टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सबै पोशाक प्रायोजन गर्नेछ ।

उक्त अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिँदै कामरुसँगको अनुबन्ध भविष्यमा दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।

यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले कामरुसँगको अनुबन्ध सुरुवात मात्र रहेको बताए । यस्तै कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोसाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताए ।

यसैगरी कमिटीका सदस्य तथा मार्केटिङ एन्ड स्पोनसर कमिटीका संयोजक गोपाल कक्षपतिले नेपाली खेलकुदका विकासका लागि यस प्रकारको प्रायोजन बढाउनु पर्नेमा जोड दिए ।

नेपाल ओलम्पिक कमिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय