Comments Add Comment

अनौठो कार्यालय : जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न

हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ ।

चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क मुस्कुराउँदैन, उसका लागि ढोकै खोल्दैन।

कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको छ । जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् ।

नमुस्कुराउने कर्मचारीलाई स्माइल रिकग्नीसन प्रविधिले भित्र प्रवेश नै दिँदैन ।

कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ । ताकि सबै कर्मचारीहरु कार्यालयमा हरेक दिन आफ्नो कामको सुरुआत गर्न अगाडि खुसी तथा पसन्न महसूस गरुन् ।

कतिपय चाहीँ यस्तो कदम आर्टिफिसियल इन्टेलिजेन्सबाट कर्मचारीको उच्च निगरानी गर्ने चिनियाँ कम्पनीहरुको प्रयासको हिस्सा रहेको भन्दै आलोचना पनि गरेका छन् ।

कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुले कति समय कम्प्युटरमा का मगर्दछन्, ब्रेकको बेला कति समय खर्च गर्दछन् जस्ता कुराहरुको निगरानी गर्नसमेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गरेको बताइन्छ । कतिपय कम्पनीले त कार्यालय बाहिरका कर्मचारीका गतिविधिको समेत निगरानी गर्ने गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment