+
+
Shares

माथिल्लो तामाकोशीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १०:१७

१३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएको छ ।

शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम शुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन शुरु हुने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

भदौ महीनापछि पूर्णक्षमतामा बिजुली उत्पादन

माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको छ । आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

‘त्यसपछि अर्को युनिटबाट असार महीना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं’ न्यौपानेले भने, ‘भदौ महीनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन शुरु गर्ने तयारीमा छौं ।’

माथिल्लो तामाकोशीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । तामाकोशी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छ ।

आज बिहानबाट खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका आइतबार बिहानदेखि खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहनेछ ।

यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत् कटौती हुँदा काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।

यो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?