Comments Add Comment

सरोजको गुनासो–‘फुर्सद हुँदा पनि राजेश र करिश्मासँग भेट किन हुँदैन ?

नेपाली चलचित्रका कलाकारहरुको सम्बन्ध पर्दामा जस्तो देखिन्छ, पर्दामा पनि त्यस्तै कमै देखिन्छ । चलचित्रको छायांकनमा एकसाथ हुँदा नजिक हुने कलाकारहरु काम सकिएपछि एक अर्कासँगै कमै मात्र कुराकानी गर्छन् । भेटघाट पनि उनीहरुको निकै कम हुन्छ ।

नायक सरोज खनालको स्टाटसले पनि यो कुराको पुष्टी गर्छ । उनले, नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरसँग् चलचित्रको छायांकनमा व्यस्त हुँदा पनि बेलाबखत समय निकालेर भेटघाट गर्ने गरेको उल्लेख गरेका छन् ।

तर, आजको दिन फुर्सदै फुसद हुँदा पनि बर्षौसम्म भेटघाट त परको कुरा बोलचालसम्म नहुने गरेको सरोजले लेखेका छन् । उनले, फेसबुकमा पोष्ट भएका तस्वीरमा प्रतिक्रिया जनाउनमा नै सिमित भएको सरोजले गुनासो गरेका छन् ।

काममा व्यस्त हुँदा पनि समय निकालेर भेटघाट गर्ने गरेका सरोज, राजेश र करिश्मा अहिले फुर्सदिलो बन्दा पनि एक अर्कासँग खासै बोलचाल गर्दैनन् । सरोजले यसरी दुरी बढाएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment