Comments Add Comment

एमाले नेता वेदुराम भुसालले भने- म स्वतन्त्र हुन चाहन्छु

स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न आग्रह गर्दै संसद सचिवालयमा पठाए पत्र

१४ असार, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेको बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका छन् । उनले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका हुन् ।

आफू निर्वाचित भएको पार्टी नेकपाको अस्तित्व अहिले समाप्त भएकाले आफू दलविहीन भएको र आगामी दिनमा पनि स्वतन्त्र हैसियतमा रहन चाहेको भुसालको पत्रमा उल्लेख छ ।

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले लेखेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र आफ्नो लेबी कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment