+
+
Shares

ठूलै खेल चलिरहेको गन्ध आएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १८:०४

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।

तर सरकार पक्षले अदालतलाई दबाब र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुन सक्छ ।’

संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?