+
+

महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १८:२७

१४ असार, जनकपुरधाम । महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय भैंसी चराउन जाँदा र ५९ वर्षीया प्रेमशिला खेतमा मल छर्दै गर्दा खसेको चट्याङ्को शिकार बनेका थिए । दुवैको घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै, मनरासिस्वा नगरपालिका वडा नम्बर ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् । भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । यादवको भैंसीको भने चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?