+
+

एमालेको बैठकमा माधव नेपालसहित ११ नेताबाहेक अरुलाई निम्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १९:१२

१५ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन । यसपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने तयारी अध्यक्ष ओलीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?