Comments Add Comment

नेपालमा स्कोडा कुशाक एसयूभीको बुकिङ सुरु

स्कोडाको बहुप्रतिक्षित एसयूभी कुशाकको मूल्य भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको घोषणा गरेको छ ।

नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपाल  प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी-एओ-आईएन प्लेटर्फममा बनाइएको हो ।

इन्जिन ट्रान्समिसन

कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रनेछन् । टीएसआई इन्जिन बहुप्रतिक्षित इन्टरनेशनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो ।

एस अवाडलाई अटोमोबाइल क्षेत्रका ओस्कार जस्तै मानिन्छ । यो इन्जिनले ११५ बीएचपी पावर र १७ ८  एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इन क्लास हो । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।

डाइमेन्सन

कुशाक एमक्युबी एओ आईएन प्लेटर्फममा निर्माण गरिएको एसयुभी हो जुन कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको हो । यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी हो । कुशाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

फिचर

नयाँ कुशाकमा टु-स्पोक स्टेरिङ ह्विल, इलेक्टि्रक सनरुफ, भेन्टिलेटेड प|mन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्त्रिmन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्री स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् ।

सुरक्षा 

सुरक्षाका लागि कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन् । स्कोडमा ईएससी सबै भेरिन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ । यसका सबै भेरियन्टमा प|mन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ ।

भेरियन्ट र कलर

नयाँ कुशाक तीन टि्रम- एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, बि्रलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ ।

मूल्य

भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment