+
+

जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

रासस रासस
२०७८ असार १७ गते १३:४९

१७ असार, कञ्चनपुर । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?