+
+

प्रधानमन्त्रीलाई माओवादी नेताको सुझाव : घमन्ड त्याग्नुस्, एमालेको एकता जोगाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १७:३१

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेको एकता जोगाउन आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बिहीबार सम्बोधन गर्दै उनले एमालेको एकता जोगिएन भने नेपालको वामपन्थी आन्दोलन समाप्त हुने भन्दै प्रधानमन्त्रीलाई घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले पार्टीलाई समाप्त गर्नुभयो । नेपालको वामपन्थी आन्दोलनलाई नै समाप्त पार्नुभयो । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र अलग भयो, एमाले पनि स्वयं विभाजनको स्थितिमा पुगेको छ’ उनले भने, ‘उहाँले कन्ट्रिब्युसन नगरेसम्म एमाले एक ठाउँमा हुँदैन ।’

शर्माले प्रधानमन्त्रीले तीन वर्षमा धेरै गल्ती गरेको भन्दै अब आत्मसमीक्षा गर्न आग्रह गरे । पार्टीको विवाद छलफलबाट टुंग्याउन उनले सुझाव दिए । ‘एमाले जोगियो भने वामपन्थी आन्दोलन जोगिएला । साथीहरुलाई राखेर सरसल्लाह गरेर मिलाएर लैजानुहोस्’ उनले भने ।

शर्माले प्रधानमन्त्री ओलीमा अहिले पनि घमन्ड देखिएको बताए ।

लोकतन्त्रका लागि नेपालमा धेरै आन्दोलन भए पनि दलहरुमा लोकतान्त्रिक चरित्र नदेखिएको शर्माले बताए । लोकतन्त्रमा पार्टीभित्रको भिन्न मतलाई पनि सम्मान गर्न सक्नुपर्छ । हामीले त्यो गर्न जानिएन । सकिएन’ उनले प्रधानमन्त्रीप्रति लक्षित गर्दै भने ।

प्रधानमन्त्रीले दुई पटक संसद विघटन गरेको भन्दै उनले तेस्रो पटक पनि विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेको टिप्पणी गरे ।

‘तेस्रो पटक विघटन गर्नुभयो भने गिनिज बुकमा नजाम लेखिनेछ’ उनले भने, ‘संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाएर गौरव गर्नुपर्ने अवस्था छैन ।’

आफूले प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै आएको भन्दै उनले संसद विघटन र पार्टी फुटाउने काम गरेपछि मन नपरेको बताए ।

नेता शर्माले राष्ट्रियसभाको बैठकमा दुई चार दिनमा बन्द नगर्न आग्रह गरेका छन् । जनताको आवाज बुलन्द गर्ने थलो हो, सत्ताले सरकारले सुन्ने धैर्य गर्नुप¥यो’ उनले भने, ‘बिजनेस केही छैन भन्ने नाउँमा तुरुन्तै बन्द नगरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?