+
+

‘भ्वाइस अफ नेपाल’ सातामा दुई दिन नै प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १२:१२

लोकप्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ आजदेखि सातामा दुई दिन नै प्रसारण हुने भएको छ । निषेधाज्ञासँगै सातामा एक दिन मात्र प्रसारण हुँदै आएको शो निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सातामा दुई दिन नै प्रसारण हुन लागेको यसका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

उनका अनुसार शो अबदेखि शुक्रबार र शनिबार नै प्रसारणमा आउनेछ । शोमा गतसातादेखि ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित छन् । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि उनको ठाउँमा राजेश पायललाई ल्याइएको हो । यस साता पनि दीपको स्थानमा राजेशपायल नै हुने आयोजकले जनाएको छ । शोको अन्य कोचमा प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ छन् ।

कोरोना संक्रमणको जोखिम कायम रहेकाले आयोजकले दर्शकबीना उच्च सतर्कता अपनाउँदै शोको छायांकन गर्दै आएको छ । शोमा अहिले ‘नकआउट राउण्ड’ चलिरहेको छ । एक महिनापछि फिनाले सुरु हुने आयोजकले जनाएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट यो शो प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?