+
+

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १३:५३

१८ असार, काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको उनले जानकारी दिए ।

नेपाल सरकारले चीनसँग खोप खरीदको पहल गरिरहेको थियो । यसको ठोस प्रगति भने सार्वजनिक भएको थिएन ।

शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले थप खोप आउने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?