+

पीएसजीसँग सम्झौता नजिक रामोस

२०७८ असार  १८ गते १५:१४ २०७८ असार १८ गते १५:१४
पीएसजीसँग सम्झौता नजिक रामोस

१८ असार, काठमाडौं । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध नजिक पुगेका छन् । फ्रान्सेली मिडियाको रिपोर्ट अनुसार रामोस पिएसजीसँग सम्झौता नजिक पुगेका हुन् ।

१६ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले सान्टियागो बर्नाबेउ छाडेका थिए । पीएसजीले रियल मड्रिडका यी पूर्वकप्तानबारे औपचारिक रुपमा केही बताएको छैन । तर, आरएमसी स्पोट्र्सले रामोस र पीएसजीबीच सहमति भएको जनाएको छ ।

रामोस र पीएसजीसँग दुई वर्षको सम्झौता गर्ने र पीएसजीले केही दिनमा औपचारिक सम्झौता गर्ने मार्काले उल्लेख गरेको छ । सर्जियोका दाजु तथा एजेन्ट रेने रामोस बिहीबार बिहान सम्झौताबारे छलफल गर्न पेरिस पुगेको मार्काले जनाएको छ ।

सन् २००५ मा सेभियाबाट रियल पुगेका ३५ वर्षीय सेन्टर ब्याक रामोसले जुनको अन्त्यमा रियल छाडेका थिए ।

रियलका लागि ६७१ खेल खेलेका रामोसले १०१ गोल समेत गरेका थिए । जहाँ उनले ५ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

पीएसजी सर्जियो रामोस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय