Comments Add Comment

जबरजस्ती र बलात्कार : मेरो योग स्कुलको खोजतलास

म यस दुनियाँको सबैभन्दा ठूलो योग संस्थानमा एक ‘शिवानन्द’मा शिक्षिकाको रूपमा त्यस समयसम्म जोडिएँ, जबसम्म मलाई एक सोसल मिडिया पोस्टले झस्काएन । उक्त पोस्टले यस संस्थानमा दशकौंदेखि जारी यौन शोषणको केही आरोप छताछुल्ल बनाइदियो ।

जब म आफ्नो उमेरको दोस्रो दशकमा थिएँ, मेरो परिचय योगबाट भयो । यो मेरो जीवनको एक अभिन्न हिस्सा बन्यो । कुनै समर्पित योगीजस्तै यो मेरो लागि केबल एउटा व्यायाम थिएन, बरु जीवन जिउनेको एउटा तरिका थियो । मैले आफ्नो स्थानीय शिवानन्द सेन्टरमा केवल योग मात्र सिकाइन, मेरो इच्छा अनुसार त्यहाँ खाना बनाए र यहाँसम्म कि सरसफाइ पनि गरें । शिवानन्दको शिक्षाले मेरो अस्तित्वको हरेक आयमलाई प्रभावित गरिदियो ।

तर सन् २०१९ को डिसेम्बर महिनामा मलाई आफ्नो फोनमा एक नोटिफिकेसन मिल्यो । यो पोस्ट मेरो शिवानन्द फेसबुक ग्रुपको संस्थापक स्वर्गीय स्वामी विष्णु देवानन्दको बारेमा थियो । जुली साल्टर नामको एक महिलाले आफ्नो पोस्टमा लेखेकी थिइन् कि विष्णुदेवानन्दले क्यानडाको शिवानन्द मुख्यालयमा उनलाई तीन वर्षसम्म यौन शोषण गरेका थिए ।

उनले लेखेकी छिन्, जब अन्त्यमा उनलाई हिम्मत आयो तब यस कुरा शिवानन्द प्रबन्धन बोर्डलाई बताइन् । तर उनको प्रतिक्रिया मौनबाट सुरु भएर मौन रहने प्रयाससम्म रह्यो । मैले अहिलेसम्म ती १४ जना महिलासँग साक्षात्कार गरें, जसले वरिष्ठ शिवानन्द शिक्षकमाथि दुव्र्यवहारको आरोप लगाएका छन् । यस बारेमा कतिपय महिलाले आफ्ना परिवार यहाँसम्म कि साथीलाई समेत बताएका छैनन् । केवल एक जनाले मात्र मुख खोलेकी छिन् ।

मैले यहाँ हुने गतिविधिबारे चासो राख्न थालें र खोजतलास गरें । तब यस संगठनभित्र सत्ता र अकिारको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने कुरा उजागर भयो ।

शिवानन्द योग के हो ?

–शिवानन्द शास्त्रीय योगको एक रूप हो, जुन शारीरिक र आध्यात्मिक स्वास्थ्य दुवैमा जोड दिन्छ ।

–स्वामी विष्णुदेवानन्दले १९५९ मा क्यानडाको मेन्ट्रियलमा यसको स्थापना गरेका थिए र यसको नामकरण आफ्नो गुरु स्वामी शिवानन्दको नामका गरेका थिए ।

–विश्वका ३५ देशमा करिव ६० शिवानन्द आश्रम र केन्द्र छ । साथै प्रशिक्षित शिवानन्द शिक्षकको संख्या लगभग ५० हजार छन् ।

मलाई अहिलेपनि राम्ररी थाहा छ, भारतको केरलमा स्थित शिवानन्द आश्रममा मेरो पहिलो दिन । त्यहाँ मैले एक यो शिक्षिकाको रूपमा प्रशिक्षण लिएकी थिएँ, सन् २०१४ मा ।

भित्तामा शिवानन्दका संस्थापक स्वर्गीय स्वामी विष्णुदेवानन्दको एक शानदार तस्वीर सजाइएको थियो । यो उनै व्यक्ति हुन्, जसको पर्दाफास जुलीले गरे ।

उनको शिक्षा यति प्रभावशाली थियो कि केही योगीले आफ्नो सबै सांसारिक बन्धन त्याग गरेर र आफ्नो जीवन संगठनमा समर्पित गरे ।

त्यसबेला म जीवनको एकदमै चुनौतीपूर्ण स्थितिबाट गुज्रिरहेकी थिएँ र शिवानन्दबाट मलाई एक किसिमको शान्ति मिल्यो । आसन वा मुद्राले मलाई शारीरिक शक्ति दियो । शिवानन्दको कर्म, सकारात्मक सोच र ध्यानको सिद्धान्तले मेरो आत्मालाई तृप्त बनाइदियो ।

२०१५ मा मैले एक यस्तो व्यक्तिसँग विवाह गरें जो लन्डनमा बस्थे । म उनीसँग त्यहाँ बस्ने कुराले जब चिन्तित भइरहेको थिएँ तब मलाई थाहा भएन कि पुटनेमा एक शिवानन्द सेन्टर छ । त्यो हाम्रो नयाँ घरबाट धेरै टाढा थिएन ।

मेरो पनि अक्सर हाँसीमजाक गर्ने स्वभाव । उनी भन्ने गर्छन्, मेरो पहिलो प्रेम शिवानन्द सेन्टरसँग छ, उसँग होइन ।

जुली साल्टरको फेसबुक पोस्टको दुई महिना पछि–

शिवानन्द बोर्डका दुई सदस्य युरोपबाट पुटनेमा काम गर्ने कर्मचारीसँग कुराकानी गर्नका लागि आए । तब मलाई के आशा थियो भने मेरो दिमागमा घुमिरहेको हरेक प्रश्नमा केही न केही प्रश्नको उनीहरुले जवाफ दिनेछन् । तर, जवाफ अस्पष्ट थियो । प्रश्नोत्तरको क्रममा उनीहरु आफ्नो बचाउ गर्नतर्फ लागे ।

मलाई थाहा थियो कि यसका लागि मैले जुलीसँग कुराकानी गर्नुपर्ने हुन्थ्यो ।

मूल रुपले न्युजिल्यान्डमा बस्ने जुली त्यस बेला भर्खर २० वर्षकी थिइन् र इजराइल गएकी थिइन्, जब उनलाई पहिलो पटक शिवानन्दको शिक्षाको बारेमा थाहा भयो । त्यसपछि उनी चाँडै यस जीवन यात्रामा सामेल भइन् र सन् १९७८ मा क्यानडास्थित शिवानन्दको मुख्यालय आइन् ।

विष्णुदेवानन्द त्यही बस्थे । जुलीलाई उनले आफ्नो निजी सहायक बन्नका लागि भने । सुरुवातमै जुलीले यसलाई एक विशेषधिकार मानिन् ।

तर उनी भन्छिन् कि उनको दिनचर्या एकदमै कठिन थियो । बिहान पाँच बजेदेखि मध्यरातसम्म, हप्ताको सातै दिन । कुनै पारिश्रमिक बिनाको काम । जुलीका अनुसार स्वामी विष्णुदेवानन्द यस्ता भएका थिए कि उनको स्वभावको बारेमा अनुमान लगाउनै नसकिने । उनी अक्सर जुलीमाथि आक्रोश पोख्थे ।

जुलीले मलाई भनेकी छिन्, ‘निश्चित रूपले मेरो सीमा टुटिसकेको थियो ।’ त्यसपछिको घटनाले निराशाजनक मोड लियो ।

एकदिन जब जुली विष्णुदेवानन्दको घरमा काम गरिरहेकी थिइन्, त्यसबेला उनले देखिन् कि विष्णुदेवानन्द सुतेर भक्ति संगीतको टेप सुनिरहेका थिए । विष्णुदेवान्दले जुलीलाई आफ्नो छेउमा आएर सुत्न भने । जब जुलीले सोधिन कि उनले के भन्न चाहेको हो । तब विष्णुदेवले भने, ‘यो तन्त्र योग हो, यस्तो योगाभ्यास जो आध्यात्मिक सेक्ससँग जोडिएको छ । यसको सीधा अर्थ हो गहन विश्रामको माध्यमबाट आध्यात्मिक ज्ञान अरु बढाउनु ।’

जुली भन्छिन्, विष्णुदेवले प्रवचनको क्रममा केवल सिद्धान्तको रूपमा यसबारे बताएका थिए । मेरो शरीर र दिमागले उनको कुरा अस्वीकार गरिरहेको थियो । तैपनि म उनकै नजिक सुत्न बाध्य भएँ । त्यसपछि यौनसम्पर्क भयो । त्यसपछि म पुन आफ्नो काममा फर्किएँ । मलाई एकदमै अनौंठो अनुभव भइरहेको थियो । लाज लागिरहेको थियो, पीडा भइरहेको थियो आत्मग्लानी र अपराधबोध भइरहेको थियो ।’

जुली भन्छिन् कि उनीसँग तीन वर्षभन्दा बढी समयसम्म केही किसिमको यौनजन्य गतिविधि भयो । यो एक अघोषित सम्झौता जस्तै थियो कि, गुरुको इच्छा अनुसार अनुयायीले आफूलाई समर्पण गर्नुपर्ने ।

अर्की महिलाको कथा

यसपछि दुई महिलासँग कुरा भयो । जसको फेसबुक पोस्टमा मिनेटमै प्रतिक्रिया दिएका थिए । यसमा उनको आरोप थियो कि विष्णुदेवले उनको पनि शोषण गरेका थिए । पामेलाले मलाई भनेका थिए विष्णुदेवानन्दले १९७८ मा लन्डन विन्डसर कैसलमा एक रिट्रिटका क्रममा उनको बलात्कार गरे ।

त्यसबेला उनी विश्रामको गहिरो अवस्थामा थिइन्, योगमा यसलाई शव आसनको रुपमा जानिन्छ । ल्युसिल भन्छन् ‘विष्णुदेवानन्दले ७० को दशकको मध्यामा क्यानडाको आश्रममा उनलाई तीन पटक बलात्कार गरे ।’ पहिलो दुई पटक तन्त्र योगको नाम दिएर गुरुले यौनशोषण गरे । तर, तेस्रो पटक भने पैसा दिएर यस्तो व्यवहार गर्न बाध्य बनाए, जतिबेला उनले आफूलाई देह व्यापारीकै रुपमा महसुस गरिन् ।

विष्णुदेवान्दको मृत्यु १९९३ मा भयो । तर जुलीलाई संगठन छाड्ने हिम्मत जुटाउन अरु ६ वर्ष लाग्यो । उनको एकमात्र ध्येय के भने, आफूले जस्तै अरूले यस्तो स्थितिको सामना गर्न नपरोस् । किनभने विष्णुदेवानन्दको मृत्यु भइसक्यो तर शिवानन्दको भक्तमाथि हुने शोषण उनको मृत्युसँगै अन्त्य भएन । जुलीको फेसबुक पोस्टले समस्याको गाँठो खोलिदिएको छ ।

११ महिलाको कथा

मैले अरु ११ जना महिलासँग कुरा गरे, जसले अरू दुई शिवानन्द शिक्षकमाथि गम्भीर आरोप लगाए । त्यसमध्ये एक व्यक्ति अझैपनि संगठनमा सक्रिय छन् ।

यसमा एक आश्चर्यलाग्दो आरोप मैरी (परिवर्तित नाम)ले लगाएका छन् । उनी भन्छन् ‘एक शिक्षकले उनलाई केही वर्षसम्म ग्रुम गरे । यस व्यक्तिको नाम हामीले कानुनी कारणले लिन सकेका छैनौं ।’ जब उनीहरुको सम्बन्ध यौन सम्बन्धमा परिणत भएको थियो कि उनी वास्तवमै अलमलमा परेकी थिइन् ।

जबकि उनीसँग अरू विकल्प पनि थिएन । वर्षदिनभन्दा लामो समयसम्म उनीहरुबीच कुनै यौन सम्बन्ध थिएन । तर, त्यसपछिका एकदिन यी व्यक्ति नबोलाइ चुपचाप उनको कोठामा आए । माथि चढे र यौन सम्पर्क गरे । त्यसपछि एक शब्द पनि नबोली त्यहाँबाट हिँडे ।

पाँच अन्य महिलाले मलाई भनेका छन् कि त्यही व्यक्तिले उनीहरुको पनि यौन शोषण गरे । यी महिलाहरु एकले अर्कालाई चिन्दैनन् । तर उनीहरुको कथा एकै किसिमको छ । पहिले ग्रुम गर्ने र पछि यौन शोषण ।

१७ वर्षमै यौन शोषण

क्याथरिन (परिवर्तिन नाम) ८० को दशकमा क्यानडामा शिवानन्दको बच्चाको शिविरमा भाग लिइरहेका थिइन् । त्यसबेला उनी केवल १२ वर्षकी थिइन् । त्यही बेला उनीमाथि एक शिक्षकले यौनरूचिका साथ नजर लगाउन थाले । त्यस शिक्षकले उनको मासिल गरिदिन्थे र नितम्ब पनि छुन्थे ।

जब उनी १५ वर्षको भइन्, तब उक्त व्यक्तिले अरू धेरै छुन थाले । उनी खुट्टाको बीचमा हात घुसार्थे र छातीमा सुमसुम्याथे । उनी त्यसबेला १७ वर्षकी थिइन्, तब सोही व्यक्तिले उनको यौन शोषण गरे । निदाइरहेको अवस्थामा ती व्यक्ति उनीमाथि चढेका थिए । यो घटनापछि क्याथरिनले आश्रम छाडिन् ।

यस्तै, कथा सुनाउने अर्की महिला भन्छिन् ‘सन् २०१९ मा त्यही व्यक्तिले उनको पनि यौन शोषण गरे ।’ हामीले उक्त व्यक्तिसँग सम्पर्क गरेका थियौं  र जवाफ दिने मौका दियौं । तर, उसले हाम्रो आरोपको जवाफ दिएनन् ।

यस्तै, एक शिक्षक छन् जसमाथि शोषणको आरोप लगाएको छ । उनको असली नाम मौरिजियो फिनोची हो, उसलाईै स्वामी महादेवानन्दको नामबाट चिनिन्छ । मैले आठ महिलासँग कुरा गरेका थिएँ, जसले उनीमाथि आरोप लगाएका छन् ।

यसमा एक हुन् वेंडी । सन् २००६ मा क्यानडाको मुख्यालयमा महादेवानन्दको निजी सहायिका थिइन् । उनको एक काम इमेल प्रिन्ट आउनट लिएर क्याबिनमा जानु थियो । एक दिन महादेवानन्दले इमेल र नास्ता लिएर आउनका लागि आफ्नो बेडरुममा बोलाए । उनी त्यहाँ ओछ्यानमा थिए ।

वेंडी भन्छिन् कि, जसै उनले ट्रे दिइन्, महादेवानन्दले उनको हात पक्रिए । त्यसपछि उनले आफ्नो ओड्ने हटाए, जहाँ उनी हस्तमैथुन गरिरहेका थिए । महादेवान्दले उनको पाखुरामा स्खलित गरे ।

जब वेंडीले यो कुरा अरु सिनियर स्टाफलाई बताउथे तब उनलाई आध्यात्मिक शिक्षाको नाममा ‘गुरुको कृपा’ भनी जवाफ दिन्थे । हामीले महादेवानन्दसँग कुराकानी गर्ने प्रयास गर्‍यौं ताकि उनीमाथि लागेको अरोपको जवाफ मिलोस् । तर, हामीलाई कुनै जवाफ मिलेन ।

आखिरमा बिबिसीले एक वकिललाई पठाएको इमेलको प्रतिलिपी भेट्यो, जसमा उनले आफ्नो कुकर्मका लागि माफी मागेका छन् । यसलाई फेरि नदोहोर्‍याउने वाचा गरेका छन् ।

जुलीले मलाई भनेकी छिन् कि उनलाई २००३ मा मात्र हिम्मत मिल्यो कि, आफूमाथि भएको यस कुराबारे खुलेर चर्चा गर्ने । उनले संस्थानका कार्यकारी सदस्यका बोर्ड (ईबीएम) सदस्यसँग भेटघाट गरिन् ।

ईबीएमको गठन विष्णुदेवले गरेका थिए ताकि उनको मृत्युपछि शिवानन्दको कामकाज सम्हाल्न सकियोस् । जुलीका अनुसार बोर्डका जुन सदस्यसँग उनको भेटघाट भयो उनी स्वामी महादेवानन्द थिए ।

‘हामीले केहीबेर कुराकानी गर्‍यौं । यद्यपि उनले यस कुरालाई स्वीकार गरे कि वर्षौंदेखि उनलाई यसबारे थाहा थियो ।’ स्वामी महादेवानन्द त्यही दोस्रो शिक्षक हुन् जसमाथि यौन शोषणको आरोप लागेको छ । तर त्यसबेला जुलीलाई यो कुरा थाहा थिएन ।

जुलीले त्यसपछि बोर्डका चार अरू सदस्यसँग आफ्नो आरोपका बारेमा सुनाए । अहिले ट्रस्टीले यस कुरालाई अस्वीकार गरेका छन् कि उनले २००३ मा जुलीसँग उक्त आरोपमाथि चर्चा गरेका थिए । तर बीबीसीले महादेवनान्दको एक इमेल भेट्यो जसमा यस कुरा पुष्टि भएको छ कि त्यसबेला जुलीसँग भेटघाट भएको थियो । महादेवानन्दले यसलाई अनौपचारिक भेटघाट बताए । तर के भनिन्छ भने यही भेटघाट पछि उक्त आरोप सतहमा आयो ।

सन् २००६ मा जुलीले एक मध्यस्थको मद्दतले ईबीएमसँग बैठक बसिन् । बैठकमा जुलीका लागि कुनै किसिमको आर्थिक सहयोग गर्ने चर्चा भयो । बैठकमा शोषणको आरोप पनि उठ्यो ।

अर्को वर्ष जुलीको वकिलले बोर्डलाई पत्र लेखेर क्षतिपूर्तिको माग गरेर क्षतिका लागि दाबी गर्ने धम्की दियो । जवाफमा उनलाई ईबीएमका वकिलको एक पत्र मिल्यो जसमा एउटा प्रश्न सोधिएको थियो, जुलीले यौन शोषणका विषयमा किन यो प्रश्न किन यति वर्षपछि मात्र उठाइरहेका छन् ।

बोर्डले जुलीसँगको बैठकपछि सदस्य र पाहुनाहरूलाई प्रोटोकल लागू गर्ने लगाए, जसबाट सबैलाई त्यस्ता आरोपहरुका बारेमा खुला मनले कुरा गर्ने वातावरण मिलोस् । तब हामीले सौध्यौं कि कसरी उसले यौन दुव्र्यवहार गर्ने व्यक्तिको आदर गरिरहन सक्छ । यसको जवाफ यस्तो थियो, ‘शिवानन्द संस्थानले यसको विरासत र शिक्षालाई सम्मान गर्छ ।’

जहाँसम्म महादेवान्दको प्रश्न छ, बोर्डलाई उनको कथित यौन आचरणको बारेमा सन् १९९९ देखि नै थाहा थियो । किनभने उनी स्वयम्ले यो कुरा स्वीकार गरेका थिए ।

त्यसबेला ईबीएममा सामेल एक अमेरिकी महिला स्वामी शारदानन्दले बीबीसलाई भनेका छन् कि उनलाई दिल्ली आश्रमका निर्देशकले रुँदै फोन गरे । निर्देशकले शारदान्दलाई भने कि, महादेवानन्द धोती नलगाई घुमिरहेका छन् । शारदानन्दलाई यसको अर्थ के लाग्यो भने उनी अन्डरवयर छन् ।

शरदानन्दले महादेवानन्दलाई फोन गरे । तब उनले भने, होइन, यो सत्य होइन । तर, त्यसबेला उनी अन्डरवेयरमा मात्र होइन पूरै नाङ्गो रहेछन् ।

उसले कम्मरमुनि कुनै लुगा लगाएका थिएनन् । त्यसरी नै उनी अफिस गए जहाँ दिल्लीका निर्देशक काम गरिरहेकी थिइन् । उनकै अगाडि महादेवानन्दले हस्तमैथुन गरे ।

स्वामी शारदानन्दले यस कुरालाई अर्को ईबीएम बैठकमा उठाइन् । त्यसबेला बैठकमा सबै रेकर्डिङ उपकरण बन्द गरियो र सचिवलाई बाहिर पठाइयो । महादेवान्द त्यहाँ उपस्थित थिए । उनले आफूमाथि लागेको आरोप सही हो भने । साथै, आफूले अब त्यस्तो काम नगर्ने बचन पनि दिए ।

शारदानन्दले अरू जोडदार ढंगले यही प्रश्न उठाए । तब बोर्डका अर्का सदस्यले भने, ‘ठीक छ उनले मानिसकेका छन् । अब उनले. दोहोर्‍याउने छैनन् । तब तिमीलाई के चाहियो ? उसको रगत ?’

केही महिनापछि शारदानन्दलाई एक फ्याक्स मिल्यो, जसमा लेखिएको थियो उनलाई बोर्डबाट हटाइएको छ । हामीले यही कुरा ईबीएमलाई सोध्यौं, तर उनीहरुले कुनै जवाफ दिएनन् ।

१३ वर्षपछि ईबीएमले अन्त्यमा महादेवानन्दमाथि जाँच गर्‍यो । आफ्नो मासिक पत्रिकामा उनको अवकाशको घोषणा गरियो । बोर्डको नोटिसमा लेखिएको थियो कि, समर्पित र प्रेरणा दिने सेवाका लागि उनलाई धन्यवाद ।

परियोजना ‘सत्य’ का लागि काम गर्ने वकिल कैरल मर्चसिनका अनुसार उनीहरुले २५ देखि ३० महिलासँग कुरा गरेका छन्, जसले शिवानन्द कर्मचारीविरुद्ध यौन उत्पीडनको आरोप लगाएका छन् ।

क्याथरिनको सन्दर्भमा, यो प्रश्न जब बोर्डका सदस्यलाई सोधियो । तब उनीहरुले भने यो सूचना किन प्रहरीलाई दिइएन । वर्षौंपछि जब क्याथरिनको आमबुबालाई यसबारे थाहा भयो तब उनीहरुले बोर्डमा सोधपुछ गरे । तर बोर्डले बिना प्रमाण केही गर्न नसकिने बतायो ।

ईबीएमलाई हामीलाई भनेका छन् कि जुन शिक्षकमाथि क्याथरीन र अन्यले शोषण गरेको आरोप लगाएका छन्, उनलाई जाँचका क्रममा ड्युटीबाट निलम्बित गरिएको छ । तर, बिबिसीको केही स्रोतबाट थाहा भयो कि उनी अहिले पनि शिवानन्द भारतीय आश्रममा काम गरिरहेका छन् । जब मैले केरल आश्रममा फोन गरें, उक्त व्यक्तिले यही वर्षको सुरुवातमा त्यहाँ एक पूरा पाठ्यक्रम पढाइसकेका थिए ।

आश्रमको बयान

ईबीएमले हामीसँग वार्ता गर्न अस्वीकार गर्‍यो । यद्यपि उनीहरुले हामीलाई एक पत्र पठाएका छन्, जसलाई हामीले यहाँ जस्ताको तस्तै राखेका छौं ।

‘बोर्ड अफ ट्रस्टिज त्यस व्यक्तिप्रति पूरा सहानुभूति राख्छ, जो सामुन्ने आउँछन् । यदि कसैलाई लाग्छ कि उनीहरुमाथि पनि सोही आचरणको असर परेको छ, जुन आचरणको कुरा कार्यक्रममा गरिएको छ, तब उनीहरुलाई भरोसा दिलाउँछौं, न शोषणलाई सहन्छौं न त्यस्ता अनुचित व्यवहारको नजरअन्दाज नै गर्छौं । कार्यक्रममा जुन आरोपको जानकारी दिइएको छ, त्यसलाई विगतमा कुनैबाट भएको गल्तीका लागि बोर्ड स्पष्ट रुपमा दुःख व्यक्त गर्छ ।

यही आरोपपछि शिवानन्द संगठनले स्वतन्त्र जाँच गरेको छ र कानुनी विशेषज्ञलाई नियुक्त गरेको छ । उनले सुरक्षा नीतिको समीक्षा गरेका छन् र त्यसलाई लागू गर्नका लागि उपयुक्त तालिम दिइएको छ । जसमाथि यौन शोषणसँग सम्बन्धित समस्या छ, उनीहरुले गोपनीय ढंगले संगठनमा गुनासो राख्न पाउने व्यवस्था छ । शिवानन्द संगठनको प्राथमिकता के छ भने जुनसुकै कारणले पनि यसको सम्पर्कमा आओस्, ऊ त्यो कष्ट र शोषणबाट जोगियोस् । शिवानन्द यस्तो मठ हो जो भौतिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि सर्मिपत छ । र आफ्ना सबै सदस्यको सुरक्षाको लागि प्रतिबद्ध पनि ।’

त्यस शिक्षक, जसको हामी नाम लिन सक्दैनौं, उसको बारेमा मैले चार पाँच जाँच रिपोर्ट देखेकी छु । त्यसको निष्कर्ष छ , सम्भावनालाई सन्तुलित ढंगले हेर्ने हो भने सबै पीडित विश्वसनीय छन् र उनीहरुको आरोप सत्य हो । त्यसमा दुईले ईबीएमलाई आफूमाथि भएको शोषणको बारेमा बताएका छन् ।

अप्रिलमा म त्यस पुटने आश्रममा पुगें, जहाँ मैले पाँच वर्षसम्म एक शिक्षक र भक्तको रूपमा बिताएकी थिएँ । तर, यसपटकभित्र गइन् ।

शिवानन्दले सबैलाई आत्मसात गर्ने प्रवृत्तिले मलाई पनि आकर्षित गरेको थियो । तर यो यति खतरनाक बन्यो कि मैले सोचेको थिइन् ।

बीबीसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment