+
+
Shares

जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी षड्यन्त्रपूर्ण छन् : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:३४

२ असोज, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् । एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनाबद्ध ढंगले राज्यका महत्त्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ ।

‘जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरूमा हामीले उल्लेख गरेका थियौं । तर त्यसको भोलिपल्ट जुन वितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाइ लाग्छ,’ पोखरेलले भने, ‘त्यही शिलशिलामा राज्यका महत्त्वपूर्ण संस्थाहरूमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरूमाथि आगजनी भयो । विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमाथि पनि आगजनी भयो, ध्वस्त बनाइए ।’

राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरे ।

आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिए ।

‘हाम्रो पार्टी कार्यालय पनि जलाइएको छ । र यहाँ रहेका बहुमूल्य चिजहरू कुनैपनि बाँकी रहेका छैनन् । यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्वहरूको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ । होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन,’ पोखरेलले भने, ‘यो निकै षड्यन्त्रपूर्ण छ, आपराधिक छ । यसको हामी सबै मिलेर विरोध र भर्त्सना गर्नुपर्छ । र हामी नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?