Comments Add Comment

पत्रकार मञ्चद्वारा पत्रकारका संघसंस्थालाई स्वास्थ्य सामग्री सहयोग

१८ असार, काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारहरु संघसंस्थाहरुलाई कोविड १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

यसै क्रममा शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र बिहीबार कार्टुनिष्ट क्लबलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका सामान प्रदान गरेको हो । यस्तै पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यसप्रकार सामाग्री वितरण भइरहेको छ ।

सामग्री प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँदै भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा सघाएको बताए । त्यस्तै खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको बताए ।

महामारीका समयमा पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा साथ दिन प्रयास गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीको भनाइ छ ।

‘पत्रकारहरुको भौतिक सुरक्षाको पक्षमा केही न केही काम हुन थालेका छन् । तर, उनीहरुको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै काम गर्न बाँकी देखिन्छ,’मञ्चका उपाध्यक्ष एवं कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले भने ।

एशोसियट सदस्य संस्थाहरुकाविचमा साझेदारिता बढाउँदै गएको उनले बताए । भक्तपुर शाखालाई सामाग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment