Comments Add Comment

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

१९ असार, काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।

रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल जेसिसले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो ।

चिलीले त्यसको फाइदा उठाउने प्रयास गरेपनि सफल भएन र ब्राजिल अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

अब उसले पेरुसँग खेल्नेछ । उसले पाराग्बेलाई टाइब्रेकरमा ४–३ पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment