Comments Add Comment

दुई पटक सजाय पाइसकेको युवक फेरि गाँजासहित पक्राउ

१९ असार, जनकपुरधाम । धनुषामा लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको गोप्य सूचना पाएपछि शुक्रबार राति घरबाटै पक्राउ गरिएको छ । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

महासेठ यसअघि २०७४ साल साउन १५ गते पनि १ किलो गाँजासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए ।

त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँजासहित पक्राउ परेका थिए । प्रहरीले लागूऔषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment