+
+
Shares

धारा ७६ (५) प्रधानमन्त्रीको सनकमा संसद विघटन रोक्नका लागि हो : वरिष्ठ अधिवक्ता मैनाली

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १४:३९
फाइल तस्वीर

२० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले प्रधानमन्त्रीको सनकको भरमा संसद विघटन हुन नदिन संविधानमा धारा ७६ (५) को व्यवस्था राखिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गर्दै उनले संसद विघटन रोक्नकै लागि धारा ७६ (५) मा सांसदहरुको पहलमा सरकार निर्माणको व्यवस्था राखिएको उनको दावी छ ।

‘संसदले रन गर्न पाओस् भनेर ७६ (५) को व्यवस्था राखिएको हो । प्रधानमन्त्रीले खुरूखुरू विघटन गर्न पाउने हो भने त किन राख्नुपर्‍यो ? सनकको भरमा (संसद) नभत्काओस् भनेर राखेको हो’ उनले भने ।

उनले संविधानको उक्त धारा स्पष्ट नभएको भए अदालतले प्रष्ट पारिदिनुपर्ने पनि बताए । धारा ७६ (२) र धारा ७६ (५) को व्यवस्था तुलना गर्दै वरिष्ठ अधिवक्ता मैनालीले धारा ७६ (२)मा दलको समर्थनमा र धारा ७६ (५) मा सांसदको व्यक्तिगत समर्थनमा सरकार बन्ने बताए ।

‘इजलासले शब्द हेर्ने होइन सार हेर्ने हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?