Comments Add Comment

युवा संघद्वारा जनकपुरधाममा विपक्षी नेताको पुत्ला दहन

२० असार, जनकपुरधाम । सत्तारूढ नेकपा एमालेको युवा संघ नेपालले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला जलाएका हुन् ।

उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् ।

सत्तामा पुग्न विपक्षी दलका नेताहरुले देशलाई अस्थिरतामा धकेलेकाले उनीहरुको पुत्ला जलाइएको युवा संघका केन्द्रीय सदस्य दिनेश सिंहले बताए । जनकपुरधाममा तीन दिन अगाडि विपक्षी दलका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment