+
+
Shares

मोदीको आलोचक बनेको भन्दै कंगनाले गरिन् प्रियंकाको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १२:५८

बलिउड नायिका कंगना रनावतले अन्य नायिकाहरुको चर्को आलोचना गर्छिन् । उनको बलिउडका अधिकांश नायिकासँग सम्बन्ध राम्रो छैन । उनै, कंगना फेरि एक पटक नायिका प्रियंका चोपडामाथि खनिएकी छिन् । कंगनाले कुनै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक रहेकी प्रियंका अहिले उनको कडा आलोचक बनेको भन्दै टिप्पणी गरेकी हुन् ।

सन् २०१८ मा प्रियंकाको बिहे पार्टीमा मोदी सहभागी भएका थिए । यस्तै, मोदीले सन् २०१७ मा बर्लिनमा प्रियंकासँग भेट गरेका थिए । एक ट्विटर प्रयोगकर्ताले मोदीको आलोचना गर्नका लागि विदेशी मिडियाले भारतमा पत्रकार राखेको भन्दै ट्विट गरेपछि जवाफ दिदै कंगनाले प्रियंकामाथि कडा टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छिन्–‘पत्रकारितामा मात्र नभएर, यो हरेक क्षेत्रमा छ । जसरी, प्रियंका एक राष्ट्रवादीबाट आलोचक बनेकी छिन् । मोदीको सबैभन्दा ठूलो फ्यान रहेकी प्रियंका अहिले उनको सबैभन्दा ठूलो आलोचक बनेकी छिन् ।’
कंगनाले रोटीका लागि प्रियंका विश्वमा घुम्ने गरेको भन्दै भारतमा स्वतन्त्रता रहेको बताएकी छिन् । उनले, प्रियंकाले जे गर्न सक्छौं गर भन्दै चुनौती पनि दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?