
२१ असार, मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्ने ४७ वर्षीय कमल पराजुली रहेका छन् ।
मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।
आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4