Comments Add Comment

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।

नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ छ । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामका लागि पनि तयार रहेको श्रेष्ठले बताए । त्यसका लागि आवश्यक जनशक्ति र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

धोबी खोला, बल्खु खोला, बागमती, विष्णुमती नदीका किनारहरुमा डुबान हुन सक्ने विषयलाई ध्यानमा राख्दै विजद् प्रतिकार्यका काम शुरु गरिएको छ ।

‘नदी सरसफाइका काम केही ठाउँमा गरिएको छ र कति ठाउँहरुमा लोकल र वडाहरुबाट पनि सिफारिस आउँछ यो नदी सफा गरिदिनुप¥यो डुबान हुन्छ भनेर,’ श्रेष्ठले भने, ‘हामीले कहीं पनि डुबान भएछ, पानी भरिएको छ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment