Comments Add Comment

कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा

नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल खोप केन्द्र ।

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा  मंगलबारदेखि लगाउन सुरु गरिएको छ ।

चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।

काठमाडौंको नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल खोप केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्रमा सयौं सर्वसाधारण खोपको प्रतीक्षामा लाइन बसेका छन् ।

खोप लगाउन नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल खोप केन्द्र ।

लाइनमा ज्येष्ठ नागरिकका साथै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरु पनि रहेका छन् ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।

खोप लगाउन कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिक केन्द्रमा लाइनमा बसेका सर्वसाधरण  ।

भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment