+
+

संखुवासभाको भोटखोला जाने सडक तीन दिनदेखि अवरुद्ध

रासस रासस
२०७८ असार २२ गते १४:३२

२२ असार, काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले भोटखोला जोड्ने उत्तर–दक्षिण सडकखण्ड तीन दिनदेखि  अवरुद्ध भएको हो । मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोका कारण शनिबारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउन सोमबारदेखि एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनियर गौतमकुमार श्रेष्ठले बताए । थप पहिरो नआए अवरुद्ध सडक बुधबारबाट पुनः सञ्चालन हुने उनको भनाइ छ ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्पर्क टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् । सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?