+
+
Shares

प्रदेश २ सरकारले असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने

रासस रासस
२०७८ असार २२ गते १५:१८

२२ असार, काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए ।

निषेधाज्ञाले गर्दा सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले  सरकारले जरिवाना छुट दिएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?