+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कपनबाट १४ लाख रुपैयाँसहित २९ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते ९:४९

२३ असार, काठमाडौं । कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।

१४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध सिमालटारका ४० वर्षीय लाल बहादुर विक,  काठमाडौं महानगरपालिका-६  बौद्ध सिमालटारका ३७  वर्षीय मान ब. तामाङ, दोलाखा शैलुन घर भई हाल ललितपुरका ४१ वर्षीय असोक घिसिङ,  काठमाडौं महानगरपालिका-६ बौद्ध बस्‍ने २४ वर्षीय रञ्जित खड्की  रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिका-७ कुमारी गाल बस्ने ३३ वर्षीय अमर बहादुर गुरुङ,रामहिटी बस्ने  ४७  वर्षीय पुरुषोतम चालिसे, सामाखुसी बस्ने २६ वर्षीय प्रकाश घले, सामाखुसी बस्ने ४२ वर्षीय कृष्ण चरण बिक, बुढानिलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा,  ६ बौद्ध बस्ने बर्ष ४९ को प्रविन लामा लगायत रहेको प्रहरीले जनाएको छ ।

जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?