Comments Add Comment

लागुऔषधसहित बीरगञ्‍जबाट एकजना पक्राउ

२३ असार, पर्सा। पर्सा प्रहरीले लागुऔषधसहित बीरगञ्‍जबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-८ गहवाका २३ वर्षीय राहुल शाह रहेका छन् ।

राहुलमाथि तरकारी हालेको झोला भित्र कालो प्लाष्टिकमा लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन १५० गरी जम्मा ४५० एम्पुल फेला परेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment