+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते ८:३६

२४ असार, काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर, सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या आई अवरोध भएको प्राधिकरणले जनाएको छ ।

नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ ।

मोबाइल प्रयोगकर्तमा अन्योलता बढेपछि प्राधिकरणले सूचना जारी गरी नियमअनुसार आयात भई नेपालमै खरीद गरी चलाएका मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने बताएको छ ।

हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

अवरुद्ध प्रणाली सञ्चालन भएमा भने विदेशबाट ल्याएएका मोबाइलको आईएमईआई अनिवार्य रुपमा गर्नु पर्ने छ । अन्यथा मोबाइलबाट उपलब्ध सेवा सञ्चालन नहुने प्राधिकरणले जनाएको छ ।

साथै नेपालबाटै नयाँ मोबाइल सेट खरीद गर्दा पनि आईएमईआई दर्ता भएका सेट भ्याट बिलसहित खरीद गर्न प्राधिकरणले आग्रह गरेको छ । यसरी खरीद गर्दा ग्राहकले अर्को कुनै झन्झट व्यहोर्नुपर्ने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?