Comments Add Comment

पारा कमिटी र खेलाडीलाई आर्थिक सहयोग

२४ असार, काठमाडौं । नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक र खेल पोशाक बिहीबार सहयोग स्वरुप प्रदान गरिएको छ ।

जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले कमिटीलाई १ लाख नगद सहयोग गरेको छ । रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख नगद रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही अवसरमा जापानको टोकियोमा हुने पारा ओलम्पिक गेम्सका लागि वाइल्ड कार्ड पाइ सहभागिता निश्चित गरीसकेकी खेलाडी पलेशा गोवर्द्धनसहित उनको ट्रेनिङ पार्टनर विशाल गर्बुजा र सिर्जना तामाङ तथा प्रशिक्षक कविराज नेगी लामालाई ट्रयाक सुट र टिसर्ट प्रदान गरिएको थियो ।

करिब ४० हजार रुपैयाँ बराबरको केल्मीको सामाग्री प्रदान गरिएको कमिटीका सचिव दीपक विष्टले जनाएका छन् । उक्त सामग्री नव कञ्चन बहुउद्देश्यीय सहकारी संस्थाले टोलीलाई उपलब्ध गराएको हो । नव कञ्चनका अध्यक्ष यज्ञराज अवस्थीले उनीहरुलाई सामग्री प्रदान गरे ।

पलेशा जुलाई १ तारिखदेखि बन्द प्रशिक्षणमा छिन् । पलेशालाई लामासहित कोरियाली प्रशिक्षक क्वान यङ दल, दीपक विष्ट र रञ्जन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । बिहान÷दिउसो २–२ गरी ४ घण्टा प्रशिक्षण भइरहेको छ ।

पारा ओलम्पिक अगष्ट २५ देखि सेप्टेम्बर ६ तारिखसम्म हुने छ । तेक्वान्दोको स्पर्धा सेप्टेम्बर ३ देखि ५ तारिखसम्म चल्ने छ । पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पारा ओलम्पिकका लागि नेपालबाट छनोट हुने पलेशा हालसम्म एक्लो खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment