
२५ असार, भक्तपुर। चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीसहित कोठामा तास खेलिरहेका ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4