+

नयाँ शैलीको क्रिकेट ‘दी हन्ड्रेड’ खेल्न सन्दीप इंग्ल्याण्ड प्रस्थान

२०७८ असार  २५ गते १३:३२ २०७८ असार २५ गते १३:३२
नयाँ शैलीको क्रिकेट ‘दी हन्ड्रेड’ खेल्न सन्दीप इंग्ल्याण्ड प्रस्थान

२५ असार, काठमाडौं । नयाँ फर्म्याटको क्रिकेट ‘दी हन्ड्रेड’ खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् । ‘दी हन्ड्रेड’ सय बलको नयाँ शैलीको क्रिकेट प्रतियोगिता हो ।

यही जुलाई २१ देखि शुरु हुने दी हन्ड्रेडका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् । उनले  सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका हुन् ।

इंग्ल्यान्ड पुगेपछि सन्दीप १० दिन क्वारेन्टिनमा बस्नेछन् । यसबीचमा उनको दुई पटक कोरोना परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् ।

पहिलो पटक आयोजना हुन लागेको दी हन्ड्रेडमा सन्दीपले ओभल इन्भिन्सिबलबाट खेल्नेछन् । गत वर्षदेखि शुरु हुने भनिए पनि कोरोना महामारीले गर्दा खेल एक वर्ष पछि सरेको हो ।

दी हन्ड्रेडमा महिला र पुरुष दुवैको प्रतियोगिता हुनेछ । जुलाई २१ मा सन्दीप सहभागी टिम ओभल इन्भिन्सिबल्सले म्यानचेष्टर ओरिजिनल्ससँग खेल्नेछ । यस्तै सन्दीप सहभागी ओभलले पनि म्यानचेष्टरसँगै खेल्दै प्रतियोगिता शुरुवात गर्नेछ ।

यसअघि सन्दीपले इंग्ल्याण्डमै वोर्सेस्टरसायरबाट टी–२० भायटालिटी ब्लास्ट क्रिकेट खेल्ने तय थियो । तर भिसा र पासपोर्ट ढिला आएकाले सन्दीपले त्यो अवसर गुमाए ।

अगष्ट २१ सम्म हुने दी हन्ड्रेड क्रिकेट खेलेपछि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीए) पनि खेल्नेछ । अगष्ट २५ बाट शुरु हुने सीपीएलमा सन्दीप ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भइसकेका छन् । सीपीएल सेप्टेम्बर १५ मा सकिएपछि सन्दीपले घरेलु मैदानमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नेछ । ईपीएलको चौथो संस्करण आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म टीयू मैदानमा हुने तय छ ।

दी हन्ड्रेड क्रिकेट सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय