
२५ असार, काठमाडौं । राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरले राजस्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् ।
त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परेमा शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो ।
चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेेवा दिनसक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौं, यसकारण आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरु खुला नै राख्नेछन्, ‘ प्रवक्ता ढकालले भने ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियर समेतका केही सेवाहरुका लागि शनिबार बैंक खुला हुने बताएका छन् ।
प्रतिक्रिया 4