+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते ७:२८

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् ।

आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा युट्युब र त्यसको मातृ कम्पनीका सीईओ सुन्दर पिचाइविरुद्ध कानूनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।

गत जनवरी ६ मा अमेरिकाको संसद भवनमा ट्रम्प समर्थकहरुले हमला गरेको घटनापश्चात् सोसल मिडियाहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । फेसबुकले हालै ट्रम्पमाथिको प्रतिबन्ध २ वर्ष कायम हुने फैसला गरेको छ । त्यस्तै युट्युबले चाहिँ ट्रम्पबाट अब त्यस्तो हिंसा हुँदैन भन्ने कुरामा ढुक्क भएपश्चात् उनीमाथिको प्रतिबन्ध फुकुवा गरिने जनाएको छ ।

ट्रम्पले यसअघि आफ्नो राष्ट्रपतीय कार्यकालमा समेत सोसल मिडिया कम्पनीहरुमाथि कडा नीति अख्तियार गर्ने गरेका थिए । सोसल मिडियाहरु वामपन्थी झुकाव राख्ने र आफ्नो राजनीतिक ब्राण्डको लागि खतरा भएको उनको बुझाइ थियो । गत वर्ष उनले अनलाइन सेन्सरसिपलाई बन्देज लगाउने र प्रविधि कम्पनीहरुको कानूनी दायित्वमा वृद्धि गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।

तर प्रविधि कम्पनीहरुलाई आफूलाई उपयुक्त लाग्ने गरी प्लाटर्फम सञ्चालन गर्न कानूनी रुपमा छुट दिइएको छ र अमेरिकी अदालतले यस सम्बन्धमा विभिन्न उजुरीहरुलाई यसअघि पनि खारेज गरिसकेको छ ।

साथै कतिपय प्रयोगकर्तालाई प्रतिबन्ध लगाउने सोसल मिडिया कम्पनीका निर्णयहरुका विरुद्धमा यसअघि पनि अदालतमा पर्ने विभिन्न खाले मुद्दाहरु पनि खारेज हुने गरेका छन् ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति ट्रम्पले आफुले सोसल मिडिया कम्पनीहरुको अमेरिका नागरिकहरु माथिको अवैध, लज्जाजनक सेन्सरसिपमाथि तत्कालै बन्देज लगाउने आदेशको माग गर्दै फ्लोरिडास्थित अदालतमा मुद्दा दायर गर्न लागेको जानकारी दिए ।

झण्डै एक घण्टा लामो पत्रकार सम्मेलनमा उनले आफूहरु ठूला प्रविधि कम्पनीहरुलाई उत्तरदायी बनाउन लागिरहेको बताए । सो कार्यक्रमको एक घण्टा नबित्दै ट्रम्पको टिमले उक्त मुद्दाका लागि भन्दै कोष संकलन अभियान शुरु गरेको छ ।

ट्रम्पमाथि प्रतिबन्ध लगाउने फेसबु, ट्वीटर र युट्युबको कदम सेन्सरसीपको नमूना भएको र यसले वाक स्वतन्त्रताको हनन गरेको दाबी उक्त मुद्दामा गरिएको छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?