+
+

बार्टीले जितिन् पहिलो पटक विम्बल्डन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते ८:१३

काठमाडौं । विश्व नम्बर वान एस्लेघ बार्टीले पहिलो पटक विम्बलडन ग्राण्ड्सलामको उपाधि जितेकी छिन् ।

अष्ट्रेलियन बार्टीले चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २-१ ले सेटमा हराएर च्याम्पियन बनेकी हुन् ।

२५ वर्षीय बार्टीले प्लिस्कोभालाई ६-३, ६-७, ६-३ ले पराजित गरिन् ।

बार्टीले विम्बलडन जित्ने ४१ वर्षमा पहिलो अष्ट्रेलियन महिला खेलाडीसमेत बनेकी छिन् ।

उनको यो दोस्रो ग्राण्ड्सलाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?