
२७ असार, वागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसान क्रेडिट कार्ड वितरण सुरुवात गरेको छ । यसमार्फत साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।
साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।
नेपाल बंगलादेश बैंक लिमिटेड, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको सम्झौता अनुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा दुई लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
पहिलो चरणमा आठ महिला र १७ पुरुष गरी २५ जना किसानलाई किसान कार्डमार्फत रकम प्रदान गरिनेछ । उनीहरुले विना धितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको संख्या आठ सय पुर्याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
प्रतिक्रिया 4