
२७ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संस्थापनइतर समूहका युवा नेताहरुसँग छलफल गरिरहेका छन् । पार्टी महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप चलिरहेका बेला नेता केसीले युवा नेताहरुसँग छलफल गरेका हुन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छलफलमा केन्द्रीय सदस्यहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, किरण यादव, रामकृष्ण यादव, प्रदीप पौडेललगायत सहभागी छन् ।
केसीले शुक्रबार संस्थापनइतर समूहकै सभापतिका आकांक्षीसँग छलफल गरेका थिए । उनले संस्थापनइतर समूहबाट महाधिवेशनमा सभापतिको एक जना मात्रै उम्मेदवार तय गर्ने गरी छलफल बढाएका हुन् ।
संस्थापनइतर समूहबाट सभापतिका आकांक्षी धेरै भएपछि युवा नेताहरु पनि विभिन्न समूहमा विभाजित भएका छन् । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4