Comments Add Comment
एमालेमा १० बुँदे सहमति :

पूर्व माओवादी खेमा पर्ख र हेरको स्थितिमा

२८ असार, काठमाडौं । नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् ।

दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार राति १०बुँदे सहमति गरेको थियो, जसमा नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम अगाडि बढ्ने र २०७५ साल जेठ २ गतेको सबै कमिटीलाई क्रियाशील गर्ने उल्लेख छ ।

माओवादी केन्द्रबाट आएका नेताहरु नेकपामा जुन कमिटीमा थिए, त्यही कमिटीमा रहने पनि सहमति छ ।

यसो हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट स्थायी कमिटी सदस्य हुने भए भने प्रभु साह, पासाङ शेर्पा लगायतका नेताहरु केन्द्रीय कमिटीमा रहने भए । २३ फागुनपश्चात ओली पक्षले गरेका एकलौटी निर्णयहरुका आधारमा पाएका जिम्मेवारी भने खोसिने छ ।

पूर्व माओवादी खेमाका नेताहरुले हिजो पाएको जिम्मेवारीभन्दा विचार र राजनीति मुख्य भएको बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताए पनि आफूहरु नेकपाको मूल धार भनेर ओलीतिर लागेको उनीहरुको तर्क छ ।

ओली र नेपाल दुई पक्षबीच भएको सहमतिपछि नेतृत्व कसरी अगाडि आगाडि बढ्छ हेर्नुपर्ने एक नेताले बताए । उनी भन्छन्, ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । उहाँहरुले सहमतिको कसरी ब्याख्या गर्नुहुन्छ, त्यो हेर्छौं ।’

अर्का स्थायी कमिटी सदस्यले पनि पार्टीमा एकता हुनु स्वागतयोग्य भएको तर विचार, राजनीति, योजनामा के हुन्छ त्यो हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment