+
+
Shares

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १४:०६

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।

देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?