+
+
Shares

कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेकालाई भेट्‍न पुगे केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १६:४८

३० असार, काठमाडौं। मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा सानेपामा धर्नामा बसेकालाई भेट्‍न नेता अर्जुननरसिंह केसीले पुगेका छन् ।

क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बाराका नेता-कार्यकर्ता चार दिनदेखि धर्नामा छन् । बुधबार धर्नास्थलमा केसी पुगेका हुन्ले ।

नेता केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए । पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा विभिन्न ६ बुँदे माग राखेर कांग्रेस कार्यकर्ता धर्नामा छन् ।

पार्टीमा छलफल नै नगरी इन्ट्री गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस बिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंगो लगाउने काम गरिरहेका बेला उनीहरु धर्नामा बसेका हुन् । ७७ वटै जिल्लाबाट साढे आठ लाख क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?