+
+

प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १७:५२

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

एमालेकाे नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल प्रतिपक्षीमा रहे पनि देउवाले उनीसँगको सहकार्यका विकल्पको विषयमा छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?