Comments Add Comment

युरोकप २०२० का आठ ब्रेकआउट स्टार

३० असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० को गोल्डेन बुट जिते । यस्तै इटलीका गोलकिपर जियानलुजी डोनारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए ।

यी नामहरु विश्व दर्शकका लागि परिचित छन् । तर युरो २०२० मा कुन खेलाडीले राम्रो प्रदर्शन गरेर चिनाए भन्नेबारे बीबीसीले आठ जनाको सूची तयार पारेको छ ।

अलेक्जान्डर आइसाक, स्वीडेन

फरवार्ड आइसाकले गत सिजन रियल सोसिडाडका लागि १७ गोल गरेका थिए । उनले युरोकपमा कुनै गोल नगरे पनि उनको खेल र बल कन्ट्रोलले गर्दा उनलाई ठूला क्लबले चासो देखाएका छन् ।

२१ वर्षीय आइसाकको नाम प्रिमियर लिग क्लब चेल्सी वा आर्सनलसँग जोडिएको छ । यस्तै रियल मड्रिडले पनि चासो देखाएको छ । यद्यपि उनले सोसिडाडमा सम्झौता नवीकरण गरिसकेका छन् ।

रेनाटो सान्चेज, पोर्चुगल

पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो तर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका सान्चेजको प्रतिष्ठा भने बढिरहेको छ ।

२३ वर्षीय सान्चेजले गत सिजन लिलेबाट फ्रेन्च लिग वानको उपाधि जिते । कुनै समय उनले स्वान्सीमा लोन स्पेल बिताएका थिए । फेरि उनको ना प्रिमियर लिगसँग जोडिएको छ । लिभरपुलमा जर्जिनियो विजनाल्डनको प्रतिस्थापनको रुपमा सान्चेजलाई हेरिएको छ ।

मिकेल डाम्सगार्ड, डेनमार्क

साम्पडोरियाका फरवार्ड डाम्सगराड क्रिस्टियन एरिक्सको हृदयघातपछि डेनिस टिममा समावेश भएका थिए । २१ वर्षीय फरवार्डले युरोमा २ गोल गरे । उनले सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित हुँदा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । स्पेनिस क्लब रियल मड्रिडसँग उनको नाम जोडिएको छ । यस्तै प्रिमियर लिग क्लब लिभरपुलले पनि उनीप्रति चासो देखाएको छ ।

प्याट्रिक सिक, रेक रिपब्लिक

स्ट्राइकर प्याट्रिक सिकले युरोकपमा ५ गोल गरे । उनले स्कटल्याण्डविरुद्ध लङ रेन्ज गोल गरेका थिए । गोल्डेन बुटको होडमा रोनाल्डोभन्दा पछि परे पनि सिकले राम्रो प्रदर्शन गरे ।

२५ वर्षीय सिकले गत सिजन बायर लेभरकुजनका लागि १३ गोल गरेका थिए । यसपटक उनको नाम वेष्टहमसँग जोडिएको छ । जहाँ चेक खेलाडी तोमस साउसेक र भ्लादिमिर काउसफाल पनि छन् ।

डेन्जल डमफ्राइस, नेदरल्याण्ड्स

२५ वर्षीय राइट ब्याक डमफ्राइसले नेदरल्याण्डको शुरुवाती दुई खेलमा गोल गरेका थिए । युक्रेन विरुद्ध उनैले निर्णायक गोल गरे । अन्तिम १६ मा डच चेक रिपब्लिकसँग पराजित भयो । तर एभर्टनका प्रशिक्षक राफेल बेनिटेजले पीएसभी आएन्डहोभनका कप्तानप्रति चासो देखाइरहेका छन् ।

रोविन गोसेन्स जर्नी

विंग ब्याक गोसेन्सले गत सिजन सिरी ए मा एटलान्टाका लागि १२ गोल गरेका थिए । युरो मा उनले पोर्चुगलविरुद्ध समूह चरणमा उत्कृष्ट प्रदर्शन गरे । उनले दुई गोलका लागि उनको योगदान थियो भने एक गोलका लागि असिस्ट गरेका थिए ।

२७ वर्षीय गोसेन्सलाई प्रिमियर लिग क्लब लेस्टर सिटीले अनुबन्ध गर्न खोजेको विभिन्न रिपोर्टमा जनाइएको छ ।

मानुएल लोकाटेली, इटली

मार्को भेराट्टी घाइते रहेकाले मिडफिल्डर लोकाटेलीले इटलीका लागि शुरुवाती खेलमा पहिलो रोजाइमा खेल्ने अवसर पाए । उनले टर्की र स्वीट्जरल्याण्ड विरुद्ध उत्कृष्ट खेल्दै गोल समेत गरे ।

२३ वर्षीय लोकाटेली २०१९ देखि सिरी ए क्लब सुसुलोमा छन् । तर उनी नयाँ सिजनमा अन्य क्लबमा जान सक्छन् । प्रिमियर लिग क्लब आर्सनल र सिरी ए क्लब युभेन्ट्सले उनीप्रति चासो देखाएका छन् ।

पेड्री, स्पेन

बार्सिलोनाका मिडफिल्डर पेड्री युरोको उत्कृष्ट युवा खेलाडी घोषित भए । स्पेन सेमिफाइनलसम्म पुग्दा उनले उत्कृष्ट प्रदर्शन गरे ।

१८ वर्षीय पेड्रीले गत सिजन बार्सिलोनाका लागि डेब्यु गर्दै ५२ खेल खेलेका थिए । यस्तै उनी टोकियो ओलम्पिकमा पनि स्पेनको टिममा छन् ।

तर बार्सिलोनाको उनको रिलिज क्लब ३४० मिलयन पाउण्ड तोकेको छ । कुनै पनि क्लबले उनलाई लिने सम्भावना जिरो छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment