Comments Add Comment

वेष्टइन्डिजमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

३१ असार, काठमाडौं । मिसेल मार्सको अलराउण्ड प्रदर्शनसँगै अष्ट्रेलियाले टी-२० सिरिजको चौथो खेलमा वेष्ट इन्डिजमाथि ४ रनको रोमाचक जित हात पारेको छ ।

यसअघि नै लगातार तीन खेल हार्दै सिरिज गुमाइसकेको अष्ट्रेलियाको लागि यो पहिलो जित हो । अष्ट्रेलियाका लागि मार्सले सर्वाधिक ७५ रन बनाउनुका साथै ३ मुख्य विकेट लिएका थिए ।

सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा अष्ट्रेलियाले दिएको १९० नको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाए । वेष्ट इन्डिजका लागि ओपनर लेन्डल सिमोन्सले सर्वाधिक ७२ रन बनाए । उनले ४८ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर एभिल लेविसले ३१, फाबियन एलनले २९ रन बनाए भने आन्द्रे रसेलले २४ रनमा अविजित रहे ।

वेष्ट इन्डिजलाई अन्तिम दुई ओभरमा जितका लागि ३६ रन चाहिएको थियो । रिले मेरेडिथले बलिङ गरेको १९औं ओभरमा वेष्ट इन्डिजले चार छक्कासहित २५ रन जोडेको थियो । मेरेडिथले १९औं ओभरको अन्तिम बलमा फाबियन एलेनलाई आउट गरेका थिए ।

अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले सुरुआती पाँच बलमा रसेललाई कुनै रन दिएनन् । अन्तिम बलमा रसेलले छक्का प्रहार गरे पनि जितलाई पुगेन ।

बलिङमा मार्सले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । उनले सिमोन्स, क्रसि गेल र निकोलस पुरनलाई आउट गरे । यस्तै एडम जाम्पाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले मार्स र कप्तान आरोन फिन्चको अर्धशतकमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

ओपनर म्याथ्यु वेड ५ रन बनाएर आउट भए पनि फिन्च र मार्सले दोस्रो विकेटका लागि ११४ रनको साझेदारी गरे । मार्सले ४४ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ७५ रन बनाए । फिन्चले ३७ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डान क्रिस्टियन २२ बलमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

वेष्ट इन्डिजका हेडन वेल्सले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment