+
+
Shares

मन्त्रिपरिषद बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते ११:५२
फाइल तस्वीर

३१ असार, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

साथै देउवा नेतृत्वको सरकारले शान्ति सुव्यवस्था कायम, कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई सरकारको प्राथमिकतामा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?