+
+

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १२:३९

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।

‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको विरासत कायम राख्नका लागि सबैलाई भोट गर्न अपिल गरेको छ ।

भोटिङका लागि मबस्टार एप डाउनलोड गरेर नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्न सकिनेछ । नम्रताले प्राप्त लाइक र कमेन्टको आधारमा अंक प्राप्त गर्नेछिन् । गतबर्ष कोरोना महामारीका कारण विश्वकै चर्चित सौन्दर्य प्रतियोगीता आयोजना हुन सकेको थिएन । यो बर्ष डिसेम्बर १६ तारिखमा अमेरिकाको पुएर्तोरिकोमा यो प्रतियोगीताको आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?