Comments Add Comment

सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन तयार भयो छुट्टै संयन्त्र

३१ असार, काठमाडौं । सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन अब छुट्टै संयन्त्र तयार भएको छ । यस्तो संयन्त्रले आगामी आर्थिक वर्ष २०७८/७९ बाट काम थाल्ने छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आन्तरिक लेखा परीक्षण यसअघि लेखा समूहका कर्मचारीलाई न्यूनतम अवधि तोकी खटाउने गरिएको थियो ।

यसरी खटाउँदा एउटै कर्मचारीबाट लेखापालन र आन्तरिक लेखा परीक्षण हुने अवस्था थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ले एउटै कर्मचारीलाई दोहोर भूमिकामा खटाउन नपाउने व्यवस्था गरेको थियो ।

सोहीअनुसार गत चैत २४ मा आन्तरिक लेखा परीक्षक खटाउने मापदण्ड २०७७ स्वीकृत भएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अब आन्तरिक लेखा परीक्षण अधिकृत ६६ र आन्तरिक लेखा परीक्षण सहायक १६४ गरि कुल २३० कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । स्वीकृति दरबन्दी अनुसार महालेखाले योग्यता पुगेका कर्मचारीबाट आवेदन मागेको थियो । सोही अनुसार महालेखालाई छुट्टै संयन्त्र निर्माण गरेको बताएको छ ।

कार्यालयका अनुसार आगामी आर्थिक वर्षबाट आन्तरिक लेखा परीक्षणको काम लेखापालन कार्यबाट अलग हुने छ । यसरी स्वतन्त्र गराउँदा लेखापरीक्षण कार्य प्रभावकारी हुने र वित्तीय अनुशासन कायम हुने विश्वास महालेखाका छ । सरकारी लेखाको विस्तृत लेखा परीक्षण भने महालेखा परीक्षकबाट हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment