+
+
Shares

६ करोडमा कार किनेर कर नतिरेपछि विजयलाई १ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १५:२३

भारतको मद्रास हाइकोर्टले दक्षिण भारतका सुपरस्टार विजयलाई १ लाख जरिवाना तिर्न आदेश दिएको छ । विजयले आफ्नो लग्जरी कार रोल्स रायस घोस्टमाथि कर लगाएकोमा आपत्ती जनाएका थिए ।

यो बिषयमा अदालतले भनेको छ–‘जसलाई मानिसहरुले रियल हिरो नै मान्छन्, उनीहरु पर्दाको मात्र हिरो रहन सक्दैनन् । यस्तो सम्मानित पेशामा रहेका नायकबाट सही समयमा सही तरिकाले करको अपेक्षा गरिन्छ । जसलाई फ्यानले रियल हिरोको रुपमा हेर्छन्, उनीहरु पर्दाको हिरोको रुपमा मात्र सिमित रहन सक्दैनन् ।’

विजयले बेलायतबाट सन् २०१२ मा यो कार मगाएका थिए । मद्रासको उच्च अदालतका न्यायधिस एसएम सुब्रमण्यमले फैसलामा भनेका छन्–‘तमिलनाडु जस्तो प्रदेश, जहाँ नायक नै शासक बन्छन् । यस्तो ठाउँमा एक नायकबाट यी कुराको आशा गर्न सकिदैन । उनीहरुले आफूलाई नायकको जस्तै व्यवहार प्रदर्शन गर्न आवश्यक छ । कर नतिर्नु राष्ट्र विरोधी काम हो र यो असंवैधानिक छ ।’

रोल्स रायस घोस्टको भारतीय बजारमा ६ करोड रुपैयाँ पर्दछ । तमिलनाडुमा यो कारको मुल्यमा २० प्रतिशत कर लाग्छ । अदालतले विजयलाई सम्मानित तरिकाले कर तिर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?