
३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साउन १५ गतेसम्म निषेधाज्ञाको आदेश जारी गर्दा जोर विजोर प्रणाली हटाएको हो ।
निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने वैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले बताए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको उनले जानकारी दिए ।
‘निषेधाज्ञालाई थप खुकुलो पार्दै सबै खाले व्यवसाय सञ्चालन गर्न दिने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरी कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरिएको छ’ पाण्डेले भने, ‘कोरोना जोखिम हटिसकेको छैन, कसैले पनि निषेधाज्ञा खुकुलो भयो भनेर लापरवाही नगरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4