+
+
Shares

रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १७:४५

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साउन १५ गतेसम्म निषेधाज्ञाको आदेश जारी गर्दा जोर विजोर प्रणाली हटाएको हो ।

निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने वैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले बताए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको उनले जानकारी दिए ।

‘निषेधाज्ञालाई थप खुकुलो पार्दै सबै खाले व्यवसाय सञ्चालन गर्न दिने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरी कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरिएको छ’ पाण्डेले भने, ‘कोरोना जोखिम हटिसकेको छैन, कसैले पनि निषेधाज्ञा खुकुलो भयो भनेर लापरवाही नगरौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?