 
																			१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ ।
यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी लक्ष्यबारे विस्तृतमा जानकारी गराउने उनको तयारी छ ।
अहिले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । अर्थमन्त्रीको आगामी लक्ष्य र मौद्रिक नीतिको पर्खाइमा समेत लगानीकर्ता छन् । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आवमा मात्र १४ अर्ब राजस्व संकलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4